Banner news

वडाध्यक्ष संग्रौलाद्वारा माछा पालक किसानसँग क्षमायाचना

वडाध्यक्ष संग्रौलाद्वारा माछा पालक किसानसँग क्षमायाचना


विर्तामोड । झापा विर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले अन्ततः क्षमा मागेका छन् । उनले झापाका अस्पतालहरुबाट उत्पादित फोहोर (मानव सिनो) माछा पोखरीमा हाल्ने गरेको गम्भीर अरोप लगाएका थिए ।

उनले चिया पसलमा सुनेको भन्दै अभिव्यक्ति दिएपछि उनी विरुद्ध माछा पालक किसान आक्रोसित भएका थिए । माछा पालक किसानले सार्वजनिक रुपमा आपत्ति जनाइसकेका छन् । पत्रकार सम्मेलन गरेरै संग्रौलालाई सो आरोप प्रमाणित गर्न चेतावनी समेत दिए ।
आज विहान हस्त लिखित विज्ञप्ति जारी गर्दै संग्रौलाले क्षमा मागेका हुन् । उनले अवज्ञानका कारण गल्ती महसुस गरेको बताउँदै माछा पालक किसानसँग क्षमा मागेका हुन् । राती–राती अस्पतालको फोहोर माछालाई चारोको रुपमा खुवाइ रहेको गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेखेका थिए । उनले सञ्जालमा लेखेको तथ्यहिन विषयवस्तु किसान सामु प्रमाणित गर्न नसकेपछि क्षमा मागेका छन् ।

शेयर गर्नुहोस :

0
Shares