Banner news

झापामा को–को छानिए एमाले महाधिवेशन प्रतिनिधि ?

झापामा को–को छानिए एमाले महाधिवेशन प्रतिनिधि ?


विर्तामोड । नेकपा (एमाले) को १०औँ महाधिवेशनका लागि झापाबाट प्रतिनिधि चयनको काम सकिएको छ । सहमतिमै प्रतिनिधि छनोट गर्न कसरत गरे पनि सबै क्षेत्रमा सहमति जुट्न सकेन । सहमति नजुटेको ठाउँमा चुनावी प्रक्रियाबाट प्रतिनिधि छानिएको एमाले झापाका सचिव मदन अधिकारीले जानकारी दिए । उनका अनुसार सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनको काम सम्पन्न भइसकेको छ ।

झापाका ५ निर्वाचन क्षेत्रमध्ये ३ वटा (१, २ र ५) मा सहमति जुटेको थियो भने क्षेत्र नं. ३ र ४ मा निर्वाचनबाट प्रतिनिधि छानिएका हुन् । यसबाहेक एमाले झापाले दलितलाई पनि अर्को क्षेत्र मानेको जनाएको छ । जसमा सहमतिबाट सोमनाथ पोर्तेल, जसमाया गजमेर र छविलाल विश्वकर्मा छानिएका छन् ।

झापा– १ बाट ८ जना प्रतिनिधि छानिएका छन् । खुल्लातर्फ हरिचरण बानियाँ, श्रीप्रसाद मैनाली, गोपाल बुढाथोकी, नीलकण्ठ तिवारी, असारु राजवंशी र राजु कार्की तथा महिलातर्फ मिना उप्रेती र मिरा भुर्तेल चुनिएका छन् । क्षेत्र नम्बर १ मा सहमतिको प्रयास भए पनि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चुनिएका हुन् ।

झापा– २ बाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भए । खुला तर्फ चिन्तन पाठक, प्रेम गिरी, बद्री भट्टराई, रोमणी भट्टराई, उमानाथ ओली, एकराज कार्की, सन्तकुमार राई र वृहस्पति उप्रेती प्रतिनिधि चयन भए । त्यस्तै महिलाबाट पवित्रा देवी महतरा, विष्णुमाया भट्टराई र अनिता कन्दङ्वा प्रतिनिधि छनोट भए ।

झापा क्षेत्र नं. ३ बाट आकांक्षीमध्ये ६ जना खुला र २ महिलासहित ८ जना निर्वाचित भएका छन् । झापा –३ मा प्रदेश सांसद् समेत रहेका बसन्त बानियाँको सर्वाधिक मत ल्याए । उनले १९०९ मत ल्याउन सफल भए । प्रतिनिधि छनोटको निर्वाचनमा २८७२ खसेको थियो भने २६५३ मत सदर भएको थियो । निर्वाचन परिणाम अनुसार बसन्त बाँनिया, लक्ष्मण पाठक, जीवन श्रेष्ठ, डम्बर बहादुर गिरी, तिल बहादुर राई निर्वाचित भएका छन् । यस्तै, हरि तिम्सिना र मोहन चन्द्र रेग्मीले बराबरी मत १०५५ मत ल्याउदै विजयी भए । महिला तर्फ शुभलक्ष्मी राई र चन्द्रा श्रेष्ठ निर्वाचित भएका छन् । महिलामा ६ जना र खुला तर्फ १५ जना निर्वाचनमा उम्मेद्वार बनेका थिए ।

यस्तै, नेकपा एमाले क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित खुलातर्फ खेमनाथ मिश्र १३४०, चन्द्रकुमार सेर्मा १४६२, धनबहादुर थेवे १५३२, भैरवकुमार श्रेष्ठ १३०२, राजेन्द्रकुमार पोखरेल १७०४, राधाकृष्ण खनाल १४०० मत प्राप्त गरी विजयी बनेका छन् । त्यस्तै महिलातर्फ अमृता राई २३१४, इन्दिरा बस्नेत (भरत) १९३० र चम्पादेवी खनाल २२११ मत प्राप्त गरी विजयी भएका छन् ।

झापा– ५ मा बाट दमका मेयर रोमनाथ ओली, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेसहित होमबहादुर थापा, अम्बिका खनाल, दीपक कार्की, मदन अधिकारी, नारायण गौतम, सर्वतलाल राजवंशी, लीला कट्टेल र विष्णु खड्का चयन भएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares