बिर्तामोड । बेमौसमी वर्षाका कारण झापामा १५ हजार ७ सय हेक्टरमा लगाइएको धानवालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाको स्थलगत अनुगमन गरेर क्षतिको विवरण संकलन गरेको थियो ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख नील कमल सिंहले झापामा कुल धानवालीमध्ये ५ प्रतिशत धानबालीमा पूर्ण क्षति भएको छ । यस्तै ८ प्रतिशत मध्यम क्षति र ५ प्रतिशत धानवालीमा आंशिक भएको सिंहको भनाई छ । जिल्लामा ८७ हजार ७ सय हेक्टरमा धानवाली लगाइएको ज्ञान केन्द्रको तथ्याङक छ । त्यसमध्ये ४३ सय ५० हेक्टरको धानवालीमा पूर्ण क्षति, ७ हजार हेक्टरको धानमा मध्यम क्षति र ४३ सय ५० हेक्टरको धानमा आंशिक क्षति पुगेको ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिए ।
उनले किसानलाई केन्द्र सरकार र स्थानीय तहले वीउ विजन, मल र मालपोतमा छुट दिए प्रभावकारी हुने बताए । आर्थिक सहयोग भन्दा किसानलाई आवश्यक कृषि उत्पादन गर्न सहयोग गर्नुपर्ने उनको भनाई छ ।
हल्दिवारीले मालपोतमा शत प्रतिशत छुट दिने
धानबाली क्षति बेहोरेका किसानलाई हल्दिवारी गाउँपालिकाले मालपोत करमा शत प्रतिशत छुट दिने भएको छ । पीडित किसानलाई राहत स्वरुप मालमोतमा छुट दिने निर्णय गरेको हल्दीबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।
बेमौसमी बर्षाको कारणले धानबाली लडेर क्षति बहोरेका कृषकहरुलाई हल्दीबारी गाउँपालिकाको नियमित मासिक बैठकले पीडित कृषकहरुलाई राहत दिने निर्णय हो । हल्दीबार पूर्ण रुपमा ९३७ विगाहा, आंशिक रुपमा ७३० बिगाहा र सामान्य रुपमा १७७ बिगाहामा जमिनमा लगाइएको धानबालीमा क्षति भएको प्रवक्ता पोर्तेलको भनाई छ । पूर्ण रुपमा धानबाली नष्ट भएका कृषकहरुलाई चालू आर्थिक वर्षमा तिर्नुपर्ने मालपोत करमा १ सय प्रतिशत छुट दिने, आँशिक रुपमा क्षति भएका कृषकहरूलाई ७५ प्रतिशत छुट दिने र सामान्य क्षति भएका कृषकहरुलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
त्यस्तै गरी, अधिँया र ठेक्कामा खेती गर्ने कृषकहरुको हकमा धानबाली नष्ट भएको जमिनमा आवश्यक पर्ने धानको बिउ आगामी बर्षमा गाउँपालिकाबाट निशुल्क रुपमा उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।







प्रतिक्रिया