Banner news

सुर्योदयको आमसभालाई सम्बोधन गर्न इलाम आउँदै अध्यक्ष ओली

सुर्योदयको आमसभालाई सम्बोधन गर्न इलाम आउँदै अध्यक्ष ओली

z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7÷/f;;

इलाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिकामा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन्।

चैत ६ गते आइतबार हुने बृहत जनसभामा १० हजारभन्दा बढीको सहभागिता रहने नेकपा एमाले इलामले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। आमसभाको तयारीबारे जानकारी दिँदै नेकपा एमाले इलामका अध्यक्ष एवम् इलाम नगर प्रमुख महेश बस्नेतले १० हजारभन्दा बढी शुभेच्छुक सभामा सहभागी हुने जानकारी दिए। उनले सूर्योदयमा ओलीको पहिलो कार्यक्रम भएकाले सहभागिताका लागि कार्यकर्ता उत्साहित भएको बताए।

जनसभाका लागि अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसमेत इलाम आउने छन्। सभाका लागि चैत ६ गते भद्रपुर विमानस्थल हुँदै आउने अध्यक्ष ओली सोही दिन काठमाडौं फर्कने र नेम्बाङ जिल्लामा नै रहने बस्नेतले बताए।

उनले १० हजारभन्दा बढी सहभागी हुने भएकाले सहजताका लागि फिक्कल बजारमा २ वटा एलइडी स्क्रिन राखेर अध्यक्ष ओलीको सम्बोधन प्रशारण गरिने बताए।

शेयर गर्नुहोस :

0
Shares