बिर्तामोड

बहुविवाह र बैकिङ कसुरमा फरार पक्राउ

बहुविवाह र बैकिङ कसुरमा फरार पक्राउ


बिर्तामोड । बैंकिङ र बहुविवाह कसुरमा फरार प्रचिवादी पक्राउ परेका छन् । झापा प्रहरीले बैंकिङ कसुरमा बाह्रदशी –२ का ४२ वर्षीय नरप्रसाद पनेरु र बहुविवाह मुद्धामा अर्जुनधारा–३ घर भई बिर्तामोड बस्दै आएका राजु श्रेष्ठलाई पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको ०७५ कात्तिक २९ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा श्रेष्ठलाई १ बर्ष २५ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई शनिवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । अदालतको आदेशले कारागार पठाउन हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता बसन्त पाठकले बताए ।

यस्तै, उच्च अदालत पाटनको ०७७ मंसिर २० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा पनेरुलाई दुई दिन कैद, ३ लाख ८७ हजार जरिवाना र पीडित राहत कोषमा १५ हजार ४८० रुपैयाँ जम्मा गर्नुपर्ने तोकिएको थियो । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई शनिवार झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । कैद भुक्तानको लागि झापा कारागार पठाउन उनलाई जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares