बिर्तामोड

बिर्तामोड बसपार्कको होटलमा बाग्लुङका एक युवा झुण्डिएको अवस्थामा फेला

बिर्तामोड बसपार्कको होटलमा बाग्लुङका एक युवा झुण्डिएको अवस्थामा फेला


बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्कस्थित एक होटलमा २२ वर्षीय युवा झुण्डिएको अवस्थामा फेला परेका छन् । बाग्लुङ घर भएका समिर आचार्य होटलभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

ती युवा अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको पाँचथर अन्नपूर्ण होटल एण्ड लजमा सोमवार साँझदेखि बसेको प्रहरीको भनाई छ । आज साँझसम्म खान खानलाई नओर्लिएपछि होटलका स्टाफ बोलाउन माथि जाँदा ढोका बन्द थियो, होटल सञ्चालकको भनाई उदृत गर्दै प्रहरीले भने – पछि प्रहरीमा जानकारी आएपछि गएर ढोका खोल्दा झुण्डिएको अवस्थामा भेटियो ।

प्रहरीका अनुसार परिवारसँग सम्पर्क भइसकेको छ, भोली परिवार आएपछि शव उठाइनेछ । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares