Banner news

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश


तनहुँ – नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत तनहुँले पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए।
तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।

शेयर गर्नुहोस :

0
Shares