Banner news

एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf cf]nL sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उहाँले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि बताउनुभयो । उहाँले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गर्नुभयो । त्यसअवसरमा व्यवसायी दुर्गा प्रसार्इंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

शेयर गर्नुहोस :

0
Shares