बिर्तामोड

बिर्तामोडमा उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु

बिर्तामोडमा उर्जा द ट्रेनिङ फर इन्टरप्रेनरसिप शुरु


बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि उर्जा द टे«निङ फर इन्टरप्रेनरसिप शुरु भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेकोले सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो बिषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्येश्यका साथ तालिम आयोजना गरिएको हो ।

तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चहाने करिव २ सय युवाको उपस्थिति रहेको छ । तालिमको आज पहिलो दिन मोटिभेसनल स्पिकर रोहित मल्लले सहजीकरण गरेका थिए । सोमबार र मंगलबारको प्रस्तुती व्यवसायी तथा नायक संजोक कोइराला, सोसियल इन्टरपेनर प्रकृती मैनालीको रहने आयोजक ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए । त्यस्तै चर्चित ¥यापर बालेन शाहसँगको बिषेश कार्यक्रम र चर्चित कमेडियन सुमन कार्कीको प्रस्तुति समेत रहने छ ।

सेमिनारको मुख्य उद्येश्य युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने, अहिलेको ट्रेन्डमा कस्ता व्यवसाय गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेमा ज्ञान प्रदान गर्ने रहेको कार्यक्रमका प्रस्तोता तथा कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए । साथै स्टाटअप बिजनेश के हो ? कसरी गर्न सकिन्छ ? सेयर मार्केटको भविष्य कस्तो छ भन्ने बिषयमा समेत सेमिनार केन्द्रित रहेको उनको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu