Banner news

हावाहुरीले दर्जनौ घरमा क्षति, किसान मारमा

हावाहुरीले दर्जनौ घरमा क्षति, किसान मारमा


बिर्तामोड । हावाहुरीले आइतवार झापामा दुई दर्जनभन्दा बढि घरमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हावाहुरीले घर, पुशचौपाय र अन्नवालीमा क्षति पुराएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार हावाहुरीबाट १३ लाख ७८ हजार बराबरको क्षति भएको छ । हावाहुरीले थपरिया, कुमरखोद, दमक, केचना , शिवसताक्षी, कचनकवल क्षेत्रमा धेरै क्षति पुराएको प्रहरीको भनाई छ ।

हावाहुरीले कचनकवल ३ स्थित प्रहरी चौकीको छानामा प्वाल पारेको छ । यस्तै, झापा गाउँपालिका १ स्थित आफजान हुसेनको घरको टिनको छाना उडाएको प्रहरीको भनाई छ । सोही ठाउँका मोतीपुर अली, खलिल अली, नोसाद अलिको घरको छाना उडाएको थियो । यस्तै, दमक ३ बस्ने दिलमाया धिमालको घरको टिनको छाना, सोही ठाउँका कमल बस्नेतकोमा क्षति पुगेको छ । ७ सय वटा कुखुराको चल्ला, भङ बहादुर धिमालको घरमा क्षति पुगेको थियो भने घरमा रहेको बाख्रा मरेको छ ।

दमककै तेज प्रसाद धिमालको घरको टिनको छाना र घरावारा उडाएको छ भने इन्द्र प्रसाद खनालको काठको घरमा क्षति पुगेको प्रहरीको भनाई छ । कचनकवल ४ बस्ने रहिम मियाको पक्का घरमा समेत क्षति भएको झापा प्रहरीले जनाएको छ । सोही वडाका सेर महमत, सबुर मिया, जातिर मियाको घरमा षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares