Banner news

कनकाईका मेयर आकांक्षी थापाद्वारा कांग्रेस परित्याग

कनकाईका मेयर आकांक्षी थापाद्वारा कांग्रेस परित्याग


बिर्तामोड । नेपाली कांग्रेसबाट कनकाई नगरपालिकाको मेयरका आकांक्षी शेर बहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसबाट मेयरमा चुनाव लढ्ने गरी वर्षौदेखि तयारी गरेर थापाले जनताको बिचमा राम्रै लगानी गरेका थिए । कनकाईबासीको दुखमा पुग्ने थापाले टिकट नपाउने निश्चित भएपछि पार्टी परित्याग गरेको बुझिएको छ । ०३७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय थापाले पार्टीमा लोभीपापीहरुको हावी भयो भन्दै परित्याग गरेका छन् । उनले पार्टी गलत नभएको बताउँदै नेतृत्वकर्ता गलत भएको आसय प्रकट गरेका छन् ।
उनी जिल्लाका निर्माण व्यवसायी समेत हुन् ।

शेयर गर्नुहोस :

0
Shares