Banner news

झापामा १०४० जनाको उम्मेद्वारी दर्ता

झापामा १०४० जनाको उम्मेद्वारी दर्ता


बिर्तामोड । झापामा उम्मेद्वारी मनोनयनको अन्तिम दिन दिउँसो ३ बजेसम्म १ हजार ४० जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार ३ बजेसम्मको अपडेटमा मेयर र अध्यक्षमा ६१ जनाले मनोनयन दर्ता गरेका छन् ।

झापाको १५ पालिकाको प्रमुखमा ४०, अध्यक्षमा २१ जनाले मनोनयन दर्ता गरेका छन् । उपप्रमुखमा २९, उपाध्यक्षमा १८, वडाध्यक्षमा २८२, महिला सदस्यमा १६६, दलित महिला सदस्यमा १२५, सदस्यहरुमा ३५९ जनाले मनोनयन दर्ता गरिसकेका छन् । मनोनयन दर्ताको क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा पहिलो दिन ७४४ जनाले मनोनयन दर्ता गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares