बिर्तामोड । नेकपा एमाले झापाका इन्चार्ज अग्नि खरेलले नेकपा समाजवादी पार्टी बिचैमा हराएको बताएका छन् । बुधबार नेकपा एमाले बिर्तामोड नगर कमिटीले वडा नम्बर ५ स्थित महानन्द चोकमा आयोजना गरेको चुनावी प्रचार अभियान अन्तर्गतको कोणसभालाई सम्वोधन गर्दै नेता खरेलले गठबन्धन भन्दाभन्दै अन्य दलले नपत्याएपछि समाजवादी बिचैमा हराएको बताए ।

केहि ठाउँ बाहेक गठबन्धनमा कतै पनि समावेश नभएको भन्दै समाजवादीमा रहेकाहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् । एमालेमा ठुला छाती भएका मान्छेहरु रहेको भन्दै उनले स्वागतका लागि तयार रहेको पनि बताए ।
नेकपा माओवादी केन्द्र वेपत्ते पार्टी बन्न पुगेको उनको भनाई थियो । घोषणा पत्र नै जारी नगरी माओवादी निर्वाचनमा आएको भन्दै उनले आफुलाई प्रजातन्त्रिक बताउने नेपाली कांग्रेसको पछि लागेको बताएका छन् । नेकपा एमाले बिर्तामोड नगर कमिटीले सोमबार देखि चुनावी अभियानलाई तीब्र पारेको छ । एमालेले बुधबार वडा नम्बर ५ को कृषिथोक, महानन्दचोक, सुव्वाचोक, शितलमार्केट लगायतका विभिन्न स्थानमा पुगेर कोणसभा सम्पन्न गरेको छ ।
यसअघि वडा नम्बर १,२,३ र ४ का विभिन्न वडामा पुगेर चुनावी कार्यक्रमको आयोजना गरेको नगर कमिटी अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाई र उपप्रमुखमा नगेन्द्र संग्रौला सहितको टिम चुनावी मैदानमा उत्रिएको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले बिहीबार घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम समेत तय गरेको जनाएको छ ।







प्रतिक्रिया