Banner news

बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने

बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने


बिर्तामोड । बिर्तामोड नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुने भएको छ । आज नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो ।

खोप समन्वय समितिको शुक्रवार विहान बसेको बैठकले बिर्तामोडका १० वटै वडाहरुमा सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोपयुक्त वडा घोषणा भई सकेको जनाउँदै नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि कार्यपालिकामा प्रस्ताव गरेको थियो ।

२३ महिनाभन्दा मुनिका बच्चाहरुले सबै प्रकारका खोप लगाई खोपको पुर्ण सुनिश्चिता भइसकेकोले बिर्तामोडका सबै वडालाई यसअघि नै पुर्ण खोपयुक्त वडा घोषणा गरिसकिएको छ । बिर्तामोडमा पुर्ण खोपका लागि शतप्रतिशत प्रगति हाँसिल गरेको खोप समन्वय समितिले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares