Banner news

‘हातमा दही जमाएर नबस्ने’ विप्लव समूहको चेतावनी 

‘हातमा दही जमाएर नबस्ने’ विप्लव समूहको चेतावनी 


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले तीन बुँदे सहमति उल्लङ्घन गरेर सरकारले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप आरोप लगाउँदै आफूहरूको एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको चेतावनी दिएको छ । 

पाँच महिनासम्म चलेको ओली सरकार र वर्तमान गठबन्धन सरकारले पनि इमानदारिताका साथ सहमति पालना नगरेको सोमबार सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘पार्टी, नेतृत्व, कार्यकर्ता र समर्थक जनताको नाममा ललितपुर जिल्ला अदालतले आज जारी गरेको पक्राउ पुर्जीको घटनाले त सरकार तथा राज्यका निकायहरू झुट्टा मुद्दा खारेज गर्ने र राजबन्दी रिहा गर्ने तीन बुँदे सहमतिको तेस्रो बुँदा लागू गर्नुपर्ने प्राथमिक कार्यकै विरुद्ध उत्रिएको प्रस्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

आफ्नो पार्टीविरुद्ध गरिएको उक्त कदमले अन्ततः अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पु¥याएको विप्लव नेतृत्वको नेकपाको दाबी छ। तीन बुँदे सहमतिविरुद्ध सरकार आज घटाएको घटनालाई तुरुन्त नरोकिए आफूहरू ‘हातमा दही जमाएर नबस्ने’ सो पार्टीको चेतावनी छ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu