बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल प्रदेश १ को संयोजकमा झापाकी अनिता कन्दङ्वा सर्वसम्मत भएकी छन् । युवा संघको कार्यविभाजनको क्रममा कन्दङवाले सो जिम्मेवारी पाएकी हुन् ।
यस्तै, झापा जिल्ला इन्चार्जमा शम्भु भण्डारी र सहइन्चार्ज निशा लिम्बु,राज लिम्बुलाई जिम्मेवारी तोकेको छ । जिल्ला संयोजकमा भने फुर्वा लामालाई जिम्मेवारी तोकिएको राष्ट्रिय युवा संघले जनाएको छ । पार्टीको जनसंगठन समन्वय संयन्त्रको निर्देशन अनुसार पदाधिकारीको संख्या घटाएको युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको हो ।

अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । जनसंगठन समयनन्वय संयन्त्रको निर्देशिका अनुसार २९९ सदस्य भन्दा ठूलो केन्द्री कमिटी बनाउन नमिल्ने भए पनि संघले केन्द्रीय कमिटीको आकार भने घटाएको छैन ।







प्रतिक्रिया