Banner news

एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन : केपी ओली

एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न सक्दैन : केपी ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले राप्रपा र जसपालाई मिलाएर सरकार बनाउने बताउनु भएको छ ।

झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्ने क्रममा ओलीले एमालेका साथमा रहेकाहरु राष्ट्रिय पार्टी बन्ने र सरकारमा जाने बताउनु भएको हो ।

माधव नेपालहरुले खोलेको छ एउटा पार्टी, त्यसको कन्तविजोक हुने ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यो राष्ट्रिय पार्टी हुँदैन । कोही साथी त्यो पार्टीमा हुनुहुन्छ भने आजैबाट छोडिदिनुस् ।’

अध्यक्ष ओलीले लोसपाले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने मौका गुमाएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘लोसपा राष्ट्रिय पार्टी थियो, तर अब हुँदैन । एमालेको राष्ट्रियता उसले बोक्न सक्ने भएन। त्यसैले भाग्यो । अब राष्ट्रिय पार्टी हुनेवाला छैन ।’

उहाँले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आउँदो निर्वाचनबाट नेकपा एमालेको बहुमत ल्याउछ, कसैले रोक्न सक्दैन । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरु सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ । राप्रपा र जसपासहितको सरकार बन्छ । त्यसपछि राजेन्द्र लिङ्देनलाई विकासको बारेमा प्रश्न गर्नुस्, अहिले होइन ।’

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu