खेल

साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल आज, नेपाल र बंगलादेश भिड्दै

साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल आज, नेपाल र बंगलादेश भिड्दै


बिर्तामोड। साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज बंगलादेशसँग खेल्दैछ। आज दिउँसो साढे २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल सुरु हुनेछ।

सेमिफाइनलमा नेपालले भुटानलाई र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनल पुगेको हो। त्यसअघि नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपालले श्रीलंका र बंगलादेशलाई पराजित गरेको थियो।

बंगलादेश उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।

शेयर गर्नुहोस :

0
Shares