खेल

जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लियो

जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लियो


काठमाडौँ । लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा इब्राहिमा कोन्टे र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि रयान एट नोउरीले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुल ६ खेलमा १५ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै वोल्भ्सको भने यस सिजनमा यो पाँचौ हार हो । यो हारपछि वोल्भ्सको ६ खेलमा एक अंकसहित पुछारमा रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares