Banner news

भद्रपुर ब्लेजर्सले जित्याे भद्रपुर झापा गोल्डकपकाे उपाधि

भद्रपुर ब्लेजर्सले जित्याे भद्रपुर झापा गोल्डकपकाे उपाधि


झापा । आयाेजकाे टिम भद्रपुर ब्लेजर्सदोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपकाे उपाधि जितेकाे छ ।

जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाखसहित ट्रफी पाएका छन् । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा घरेलु टाेली झापा   ११ एफसीलाई २-० गाेल अन्तरले पराजित गर्दै उपाधि चुमेकाे हाे । उपविजेतामा चित्त बुझाएका झापाले नगद ७ लाखसहित ट्रफी पाएका छन् ।

रंगशाला खचाखक दर्शककाे उपस्थितिमा भद्रपुरले खेलकाे ३० ओै मिनेटमा अग्रता लियाे । डिबक्स बाहिरबाट मिलन राईकाे सट पासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले जाली चुमाउँदै टिमलाई १-० ले अग्रता दिलाए ।  दाेस्राे हाफमा भद्रपुरका सत्यम शर्माले अतिरिक्त समयमा गाेल गर्दै  जित निश्चित बनाए ।

शेयर गर्नुहोस :

0
Shares