विराटनगर । नेकपा एमाले मोरङको निर्वाचन भोलिसम्मलाई सारिएको छ। भोलि बिहान ७ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्वाचन कमिटीले जनाएको छ ।
प्राविधिक कारणले गर्दा निर्वाचन भोलिसम्मलाई सारिएको जनाइएको छ । निर्वाचन सरे पनि उम्मेदवारहरू भने आजसम्म दिनभरिजसो भोट माग्न व्यस्त छन् ।

अधिवेशनस्थल विराटनगरको मनास्लु इन होटलमा समूह समूहमा अहिले पनि भोट माग्ने क्रम जारी छ । नेकपा एमाले मोरङको जारी दशौं अधिवेशनमा दुई समूह नेतृत्व हत्याउने दाउमा रहेका छन् ।
संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवारमा राजकुमार ओझा उपाध्यक्षमा शान्ति लिम्बू , सचिवमा रविन थापा सहसचिवमा इर्जलाल राजवंशी र विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरालाकारकी प्रतिस्पर्धामा छन् ।
यसैगरी विनोद ढकाल नेतृत्वको समूहबाट अजम्ब राई अध्यक्षका उम्मेदवार रहेका छन् । उनको उपाध्यक्षमा सागर थापा उम्मेदवार बनेका छन् यसैगरी सचिबमा सोमराज थापा र सहसचिवमा सन्तोष बान्तवा र उषा झा प्रतिस्पर्धामा रहेका छन् । दुवै समूहले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहदा अध्यक्षमा भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।







प्रतिक्रिया