बिर्तामोड । जाउँ है पोखरा अभियान अन्तर्गत पर्यटन व्यवसायीहरुले बिर्तामोडमा अन्तरक्रिया गरेका छन् । होटल संघ पोखरा नेपालले दुई दशकअघि सुरु गरेको अभियानलाई निरन्तरता दिदंै पोरखाको निम्तो गरेका हुन् ।
आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य लिएर यस बर्ष पनि अभियान सञ्चालन गर्दै टोली झापा आएको थियो । झापाको बिर्तामोडमा अन्तरक्रिया गरेर टोली पश्चित लागेको छ ।
गण्डकी प्रदेश पर्यटन बोर्डको मुख्य प्रबद्र्धनमा गत फागुन १८ देखि २२ गतेसम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडा जस्ता शहर समेटेर अभियान सञ्चालन गरिदैछ ।

मंगलवार आयोजित अन्तरक्रियामा देशमा १० वर्षे द्वन्द्र चल्दै गर्दा सुरु गरिएको अभियानको प्रभाव सकारात्मक पर्दै गएकोले आन्तरिक पर्यटन नै विगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिएको बताइएको छ ।
अभियानको उदेश्य यस क्षेत्रका पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व ल्याउने रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनले २०८० चैत ४ गते पोखरा औपचारिक रुपमा पर्यटनको राजधानी घोषणा भएको र गत माघ महिनामा चिनिया पक्षसँगको सहकार्यमा घोषित नेपाल भ्रमण वर्ष २०२५ हाल जारी रहेको अध्यक्ष सुवेदीले बताए ।
पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको, त्यस क्षेत्रका एक हजार दुई सय होटलमा ४०० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघको आंकलन छ । आन्तरिक पर्यटन प्रबद्र्धनकै लागि संघले फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सत्व्र र खेलकूदका कार्यक्रम समेत गर्दै आएको छ ।
नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्धेश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ समेत आयोजना गर्ने अध्यक्ष सुवेदीले जानकारी दिए ।
संघका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यवहाक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संघका उपाध्यक्ष गणेशराज पहारीले गरेको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, ब्यवसायी भिष्मराज खरेल, होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, कोशी भ्रमण बर्ष २०८२ का सह–संयोजक भवेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, बन्दीपुर केवलकार एण्ड टुरिज्यमका अध्यक्ष किरण पोखरेललगायतले आ–आफ्ना भनाई राखेका थिए ।







प्रतिक्रिया