सम्पादकीय

देउवाको दायित्व

देउवाको दायित्व


सम्पादकीय
सत्यलाई धाकछोप नगर्ने हो भने मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यतिबेला इतिहासकै संगीडमोडमा छ । यसमा सबैभन्दा बढी दोष रुपान्तरण हुन नचाहने रुढ मानसिकता जिम्मेवार छ । कांग्रेस अन्तर कलहको भासमा जाकिनु र चरम विवादमा फस्नु सो पार्टीका लागि जति अहितकर छ, लोकतन्त्रको संस्थागत विकास विकास र प्रगतिका लागि त्यतिनै दुखद पनि छ । सहज स्वीकार्न गाह्रो होला यद्यपि, लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको योगदानलाई नजर अन्दाज गर्न सकिन्न । राणा शासनको अन्त्य , प्रजातन्त्रको स्थापन, पञ्चायको विदाई र लोकतन्त्रको पुनःस्थापनमा कांग्रेसको देन ऐतिहासिक छ । राजशाहीको विदाइ र दस वर्षे सशस्त्र युद्धको भुँमरीबाट देशलाई निकास दिन कांग्रेसको योगदान सम्झन लायक छ । संविधान लेखन र परिवर्तनको यावत पक्षमा कांग्रेसको भूमिका स्मरणीय छ, भन्दा अतिशयोक्ती हुँदैन । तर, ती सबै कर्म राम्रा हुँदाहुँदै पनि कांग्रेस यो बेला घर झगडाले पिल्सिएको छ, रापिएको छ ।

कांग्रेसका सामु अहिले दुई विकल्प छन् । पहिलो विकल्प इतिहासका सीमित बन्ने । दोस्रो इतिहासलाई उजिल्याएर स्वर्णिम बनाउने । कांग्रेसको एउटा पक्ष जो संस्थापनको आलङ्कारी नामले पुकारिन्छ, त्यो पुरानै शैली र ढर्रामा चल्न उद्द्त छ । अर्को पक्ष परिवर्तन चहान्छ र इतिहासलाई स्वर्णिम बनाउन प्रयासरत छ । परिवर्तनको त्यो प्रयासमा गगन थापा, विश्वप्रकाशहरु ठिङ्ग उभिएका छन् । उनीहरूको त्यही उभ्याई संस्थापनका लागि अस्तित्व रक्षाको अन्तिम धुकधुकी जस्तै बनेको छ । अब कांग्रेसको भविष्य के हुन्छ ? कांग्रेस र उसका शुभचिन्तकलाई मात्रै होइन, दुनियाँका लागि चासो र चिन्ताको विषय बनेको छ । तथापि, कांग्रेसका दुबै शक्ति आफूलाई शक्तिशाली सावित गर्न दिलोज्यान दिएर लागेका छन् । दुई मध्ये कुनै एक पक्ष अलिकति चिप्लियो भने कांग्रेस फुटबाट जोगिन सक्दैन ।

अहिलेलो कांग्रेसको वास्तविकता यही हो । तर दुबै पक्ष यो मान्न तयार छैनन् । कुनै पनि हालतमा पार्टी नफुट्ने उनीहरूको दाबी कार्यकर्तालाई दिने ढाडस र दुनियाँलाई विश्वास दिलाउने नवीन उपाय मात्रै हो । साँच्चै उनीहरूको दाबी व्यवहारिक र अकाट्य बनाउने हो भने संस्थापन पक्षले बढी नै जिम्मेवार बन्नुपर्छ । त्यसको प्रष्ट संकेत काठमाडौको भृकुटीमण्डपमा देखिएको कांग्रेस मासले गरिरहेको छ । विशेष महाधिवेशन पक्षले आवश्यक संयमता अपनाएको छ । तर, पुरानो नेतृत्व बदल्न बिद्रोह नै गर्नु परेको अवस्था चाहिँ अकाट्य सत्य हो । यस्तो बेला दशकौंदेखि नेतृत्वमा हालिमुहाली गरेको र युवाको नजरमा गिरिसकेको शक्तिले बिदाईको सम्मानजनक पथ रोज्नु नै उपयुक्त हुन्छ । परिवर्तनको पक्षमा दृढतापूर्व आफूलाई उभ्याएको पक्षले पनि मुलुकको प्रजातान्त्रिक आन्दोलन र परिवर्तन निर्माण गरेको कांग्रेसको विरासतलाई जोगाउन चाहिँ फुकिफुकी हिँडाउन सक्नु पर्छ । अन्यथा कांग्रेस अकल्पनीय मोडमा धकेलिन सक्छ ।

नियमित कि विशेष महाधिवेशन गर्ने त्यो कांग्रेसको आन्तरिक विषय हो । त्यसमा सिधा टिप्पणी नगर्दा पनि हुन्छ । तर, आवश्यकताको बेला सही सुझाव दिनु अनुचित पनि हुँदैन । बाह्य र खुल्ला रूपमा यो बेला कांग्रेसलाई दिने सुझाव चाहिँ पार्टी विग्रह गर्ने हठ दुबै पक्षबाट नहोस् भन्ने नै हो । कांग्रेस फुट्दा अन्य पार्टीलाई फाइदा पुग्छ भन्नू त्यो स्वार्थी र क्षणिक लाभको कुरा मात्रै हो । बहुदलीय व्यवस्था भएको मुलुकमा परिवर्तनका खातिर संघर्ष गरेका र पुरानो विरासत भएका पार्टी फुट्न हुँदैन । कांग्रेस कांग्रेस फुट्यो भने कालान्तरमा त्यसको असर देशलाई पर्छ । भन्नकै लागि त कांग्रेस फुट्यो, नयाँलाई अवसर जु¥यो भनिएला तर त्यो संस्कारयुक्त राजनीतिको दायरा भित्र पर्दैन । त्यो त केवल स्वार्थको चौघेरा भित्रको स्वार्थी अभिव्यक्ति र सो मात्रै हो ।

संसदीय शासन पद्धतिलाई थप मजबुत, जनमुखी र सुदृढ बनाउने हो भने कांग्रेस एकढिक्का रहनुपर्छ । त्यसका लागि बाहिरबाट सदासयता र शुभेच्छाले मात्रै परिणाम निकाल्न वा दिन सक्दैन । त्यसका लागि कांग्रेसका दुई परस्पर विरोधी धारले सही निर्णय गर्न ढिला गर्नु हुन्न । रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखानलाई चरितार्थ हुन नदिन आजबाट सुरु हुने कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई स्वीकार्न संस्थापन पक्ष बिना हिच्किचाहट सहमत हुन सक्नुपर्छ । त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको उद्घाटन गर्न सके त्यो सबैभन्दा उपयुक्त उपाय हो । यसले कांग्रेसलाई एकढिक्का त अवश्य बनाउने नै छ । सँगै सभापति देउवालाई सम्मानजनक बहिर्गमनको शान्त पथ पनि निर्माण गर्नेछ । यसले स्वयं सभापति देउवा उदार नेता दहरिनु मात्रै उहाँ त्याग र समर्पणको पर्याय पनि बन्ने निश्चित छ । यो युगीन दायित्व पूरा गर्ने अवसर कांग्रेस सभापति देउवालाई जुरेको छ, गर्ने नगर्ने उहाँकै मर्जी ।

शेयर गर्नुहोस :

0
Shares