मुख्य समाचार

लिङ्कन मन्टेश्वरीमा शिक्षकका लागि दुई दिवसीय तालिम

लिङ्कन मन्टेश्वरीमा शिक्षकका लागि दुई दिवसीय तालिम


बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा शिक्षकहरुका लागि दुई दिवसीय तालिम सुरु भएको छ ।

लिङ्कन मन्टेश्वरी स्कुलको आयोजनामा सुरु भएको तालिममा अर्जुनधारा एकाडेमी, हटिनेस स्कुल, निदि अंग्रेजी स्कुल, इडन गार्डन स्कुल र लोटस प्रि स्कुलका शिक्षकको सहभागिता रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको तालिमको उद्घाटन समारोहको प्रमुख अतिथि एनप्याब्सन झापाका उपाध्यक्ष मोहन आचार्य रहेका थिए ।

उक्त तालिमको सहजीकरण इनसाइट फाथव्यका प्रशिक्षक पुष्पाञ्जली ठकुरी, फडिन्द्र दाहाल र कमला भट्टराईले गरिररहेका छन् । तालिममा शिक्षण सीप, कक्षा व्यवस्थापन, बालमनोविज्ञान, व्यावहारिक सिकाइ तथा बालमैत्री शिक्षण विधिबारे प्रशिक्षण दिइएको छ ।

तालिमको औचित्य माथि प्रकाश पार्दै विद्यालयका सञ्चालक सरोज पौडेलले शिक्षकहरूको शिक्षण क्षमता थप प्रभावकारी बनाउँदै बालबालिकाको सिकाइलाई गुणस्तरीय बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन झापाका उपाध्यक्ष मोहन आचार्य र प्याब्सन बिर्तामोडका सल्लाहकार उत्तम खनालले शुभकामना मन्तव्य राखेको उद्घाटन समारोहको सञ्चालन लिङ्कन मन्टेश्वरी स्कुलका शिक्षक स्वस्तिका भण्डारीले गरेकी थिइन् ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu