काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम राखिएको छ ।
नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेल तालिकामा आज विश्राम राखिएको हो ।
फाइनलमा भोलि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछ । फाइनल खेल बेलुका ५ बजेबाट सुरु हुनेछ ।
सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।







प्रतिक्रिया