Banner news

बिर्तामोड खानेपानीमा कांग्रेस–राप्रपाको उम्मेदवार घोषणा, अध्यक्षमा मैनाली

बिर्तामोड खानेपानीमा कांग्रेस–राप्रपाको उम्मेदवार घोषणा, अध्यक्षमा मैनाली


बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस नेतृत्व गठबन्धनले उम्मेदवार घोषणा गरेको छ । कांग्रेस र राप्रपाको संयुक्त गठबन्धनले आज बिर्तामोडस्थित बिर्तामोड पार्टी प्यालेसमा उम्मेदवारी घोषणा गरेको हो ।

कांग्रेस – राप्रपा गठबन्धनको तर्फबाट अध्यक्षमा पारस मैनालीलाई उम्मेदवार घोषणा गरिएको छ । यस्तै, उपाध्यक्षमा शैलेन्द्र सिटौलाई अघि सारिएको छ । अध्यक्षका उम्मेदवार मैनाली वर्तमान समितिका सचिव हुन भने सिटौला उपाध्यक्ष हुन् । सचिवमा खगेन्द्र थापा, कोषाध्यक्षमा आनन्द गुरुङलाई उम्मेदवार घोषणा गरिएको छ । यस्तै, सदस्यहरुमा विकास रिजाल, विरणकुमार कोइराला, किरण सुब्बा, कमला अग्रवाल, सोना श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धनले सचिव र एक सदस्य राप्रपालाई दिएको छ । सचिवका उम्मेदवार खगेन्द्र थापा र सदस्यका उम्मेद्वार विकास रिजाल राप्रपा तर्फका उम्मेदवार हुन् । कांग्रेसले ९ सदस्यीय कार्यसमितिमा २ सिट राप्रपालाई दिएको हो ।

शेयर गर्नुहोस :

27
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu