दमक । दमकमा नेवार समुदायको सहयोग र पहलमा झापाको दमक– ४ स्थित जनसेवा टोलमा निर्माण सम्पन्न भएको नगर कार्यालयको उद्घाटन गरिएको छ ।
नेवाःदेय् दबु दमकले शनिवार स्वदेश तथा विदेशमा रहेका नेवार समुदायको सहयोगमा सम्पन्न नगर कार्यालय भवनको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

एक कोठे कार्यालय सहितको सभा हल १४ लाख ९० हजार लागतमा निर्माण सम्पन्न गरिएको नेवाः देय दबु दमकका कोषध्यक्ष दिलिप कुमार श्रेष्ठले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष गजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्याालय भवनको उद्घाटन कोशी प्रदेशका सभासद होम बहादुर थापाले उद्घाटन गर्नु भयो ।
भवन निर्माणमा सहयोग गर्ने चन्दादाताहरू दमक४का कालिका प्रसाद श्रेष्ठ दमक ४,भावना श्रेष्ठ दमक ३, भोज कुमार प्रधान,श्याम श्रेष्ठ,र पुष्पा शाही लगायतका ४९ जनालाई प्रमुख अतिथि सभासद थापाले सम्मान गरेको नेवाःदेय दबुका वरिष्ठ उपाध्यक्ष राम प्रधानले जानकारी दिनु भयो ।







प्रतिक्रिया