Banner news

अझैं टुंगिएन बिर्तामोड खानेपानीको निर्वाचनमा पाँच दलीय गठबन्धनले उम्मेदवार

अझैं टुंगिएन बिर्तामोड खानेपानीको निर्वाचनमा पाँच दलीय गठबन्धनले उम्मेदवार


बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनमा एमाले–रास्वपा गठबन्धनले दुई जना बाहेक उम्मेदवार टुंगो लगाएको छ । नौं सदस्यीय समितिका लागि ७ जनाको नाम फाइनल भइसकेको बुझिएको छ ।

एमाले, रास्वपा, श्रम संस्कृति पार्टी, नेकपा र देउवा पक्षको कांग्रेसले गठबन्धन बनाएर खानेपानीको निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । उक्त गठबन्धनमा रहेको रास्वपाले पाएको २ सिटका लागि अहिलेसम्म नाम फाइनल गर्न सकेको छैन । प्राप्त सूचना अनुसार हालसम्म उनीहरु छलफलमै रहेका छन् ।

पाँच दलीय गठबन्धनमा पूर्व एमाले एवम् बिर्तामोडका व्यवसायी देवीभक्त श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने गरी तयारी भइरहेको छ । श्रेष्ठले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न बाँकी छ ।

यस्तै, उपाध्यक्ष र एक सदस्य रास्वपाले प्राप्त गरेको छ । नाम सार्वजनिक भएको छैन । एमालेबाट सचिवमा प्रदीप खरेल र कोषाध्यक्षमा श्रम संस्कृतिबाट गंगादेवी कन्दङ्वाको नाम टुंगो लागेको छ ।

सदस्यहरुमा निर्मला खरेल ओडारी (एमाले), खिवलाल अधिकारी , विष्णुमाया चुडाल तिम्सिना (शिला) देउवा पक्ष कांग्रेस र नेकपाबाट एक जना सदस्य पुनम अधिकारी लिम्बूको नाम टुंगो लागिसकेको छ ।

मंसिर १४ गते हुने निर्वाचनका लागि कांग्रेस– राप्रपाको गठबन्धनले शनिवार नै उम्मेदवार घोषणा गरिसकेको छ । रास्वपा, एमाले लगायतको पाँच दलीय गठबन्धनले अझै नाम फाइनल गर्न सकेको छैन ।

खानेपानीको कार्यसमितिका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका लागि निर्वाचन हुने छ । १० हजार ८ सय ३३ उपभोक्ता रहेको बिर्तामोड खानेपानीले नवौं कार्यकालका लागि नेतृत्व चयन गर्न लागेको हो ।

शेयर गर्नुहोस :

351
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu