सिलगुडी डिपोबाट चारआली ल्याइएको ४ ट्याङ्कर डिजेलमा पाइयो मिसावट

मेचीनगर । इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुडी डिपोबाट झापाका लागि चार वटा ट्याङ्करमा ल्याइएको डिजेलमा मिसावट भएको पाइएको छ । यही फागुन १० गते सिलगुडी डिपोबाट ४ वटा ट्याङकरमा २० हजार लिटरका दरले डिजेल लिएर झापा स्थित चारआली नेपाल आयल निगम लिमिटेडको शाखा कार्यालयमा आएको थियो । नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे.१ख २१४९, माता…