सीता शर्मा काठमाडौँ, माघ १० गते । हरेक वर्ष नयाँ धान भित्र्याएपछि बजारमा चामलको भाउ घट्ने गरे पनि यो वर्ष भने बढेको छ। गएको असोजयता चामलको मूल्य प्रतिबोरा पाँच सय रुपियाँसम्म बढेको छ। विगतका वर्ष नयाँ धान आउँदा प्रतिबोरा चार सय रुपियाँसम्म घटेर आउने गरेकामा यस पटक भने मिलवालाको मनोमानीका कारण भाउ घट्नुको सट्टा बढेको…