सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । मूल्यसूची तोक्दै महासंघले हिजोकै मूल्यमा आज सुनको कारोबार हुने जानकारी दिएको हो । यसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम छ ।…