बिर्तामोडको कृषिथोकमा सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा तालावन्दी

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा सम्झौता विपरित व्यापार गर्नेलाई कारबाही गर्न थालिएको छ । कृषिथोक बजार व्यवस्थापन समितिले सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा मंगलवारदेखि तालावन्दी गर्दै कारबाही थालेको हो । २० जनाको नाममा रहेको २८ वटा सटरमा तालावन्दी गरिएको छ । त्यसमध्ये अधिकांश सम्झौता विपरित व्यापार गरिरहेको उक्त अभियानका संयोजक खगेन्द्र महतोले जानकारी दिए…