इन्धन आयात ११ प्रतिशतले घट्यो

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिना (साउन–मङ्सिर) मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास) आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८…