आज सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौं, ९ असोज । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँमा कारोबार…