बिर्तामोड । झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिक साधारणसभा असोज ४ गते शनिबार सम्पन्न गरेको छ । सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको मापदण्डलाई अवलम्बन गर्दै संजिवनीले बाह्य अतिथिहरु नबोलाई सदस्यहरु मात्रको उपस्थितिमा साधारणसभा सञ्चालन गरेको हो । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित साधारणसभाको ज्येष्ठ सेयर सदस्य गणेशप्रसाद खरेल…