आर्थिक

बिर्तामोडमा चिकेन हव सञ्चालनमा

बिर्तामोडमा चिकेन हव सञ्चालनमा


बिर्तामोड । झापाको बिर्तामोड–५ स्थित धर्मकाँटा रोडमा आजदेखि चिकेन हव सञ्चालनमा आएको छ । कुखुराको मासु विक्री केन्द्रको रुपमा हव सञ्चालनमा ल्याइएको हो ।

कुखुरा व्यवसायमा लामो समयदेखि कार्यरत व्यवसायीहरुले संयुक्त रुपमा चिकेन हवलाई सञ्चालनमा ल्याएका हन् । २ करोड लागतमा सञ्चालनमा ल्याइएको चिकेट हवमा हाइजेनिक र गुणस्तरीयतालाई ख्याल गरिने सञ्चालनहरुले जानकारी दिएका छन् ।

कुखुरा पालन गर्दै आएका उनीहरुले मासुको व्यापार सुरु गरिएको जानकारी दिएका छन् । मासु स्वास्थ्यका लागि स्वस्थ्यकर चाहिन्छ, खाद्य प्राविधिक समेत रहेका सञ्चालक निश्चल भट्टराई भन्छन् – चिकेन हव स्वस्थ्य मासु उपभोक्तासम्म पुराउन सुरु गरिएको हो ।

निरौला ग्रुप, युवराज प्याकुरेल, गणेश भट्टराई, प्रकाश तामाङ, अर्पण भट्टराई, दुर्गा गुरागाई लगायतले चिकेन हव सञ्चालनमा ल्याएका हुन् । बजार मुल्यको तुलनामा सुलभ समेत हुने बताइएको छ । उपभोक्ताले माग गरे बमोजिम कुन भागको कस्तो मासु खाने हो सोही अनुसार उपलब्ध गराइने जनाइएको छ ।

शेयर गर्नुहोस :

351
Shares