बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको बुधबार भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा प्रवेश गरेको हो । दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमा दुवै टिमबाट गोल हुन नसके पनि पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट…