ताप्लेजुङ, १३ भदौ : ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । यस वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् । घरेलु टोलीले…