श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

दमक - झापाको दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इलामको माङसेवुङ गाउँपालिका– ४ घर भई हाल दमक नगरपालिका– २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिवार दिउँसो २ बजेको समयमा दमक–…