बिर्तामोड । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले संगठनमा ३० वर्षे उमेरहदको व्यवस्था गर्ने बताएका छन् । अनेरास्ववियु झापाको २१ औं जिल्ला अधिवेशनलाई उद्धघाटन गर्दै आगामी असोजभित्र उक्त निर्णय गर्ने बताए । झापाको बिर्तामोडस्थित साई प्यालेसमा सुरु भएको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष बडालले अनेरास्ववियुलाई योग्य युवा उत्पादन गर्ने संगठनको रुपमा विकास गर्दै जाने बताए ।…