काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का गङ्गाकुमारी बेलवासेले मिटरब्याजी पीडितको समस्या तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उहाँले मिटरब्याजी पीडितको समस्या तत्काल संशोधन गर्र्न आवश्यक कानून संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । “मिटरब्याजी पीडितले ६० दिन आन्दोलन गरेपछि सरकारले पाँचबुँदे सहमति गरेर मिटरब्याजीको आन्दोलनलाई समाधान…