बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामग्री वितरण गरेको छ । आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामग्री वितरण गरेको हो । कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री वितरण गरिएको हो । नगरपालिकाले…