निर्वाचन नजिकिएसँगै नेकपा एमाले घोषणापत्रमा निर्माणमा केन्द्रित

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेकपा एमाले घोषणापत्र निर्माणमा केन्द्रित भएको छ । घोषणापत्रलाई अन्तिम रूप दिन एमाले अध्यक्ष केपी ओली शनिवार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुग्नुभएको छ । मस्यौदालाई अन्तिम रूप दिन अध्यक्ष ओलीले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहनुभएको छ…