महोत्तरी - महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ ।…