बिर्तामोड । झापा कारागारभित्रबाट बाहिरिएको एउटा हस्तलिखित पत्रले जिल्लामा तरंग मच्चाएको छ । प्रशासनको संरक्षणमा कारागारभित्र भइरहेको अवैध धन्दा र अमानवीय क्रियाकलाप बारे सिडियोलाई जानकारी गराउन लेखिएको पत्रले कैदीवन्दीहरु अन्यायमा परेको खुलासा भएको छ । सो पत्रमा उल्लेखित एक जना पीडित आशा उपे्रती अहिले कैदभुक्तान गरेर बाहिर आइसकेकी छन् । उनले कारागारभित्र महिलाहरु अन्यायमा परेको…