काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो र विनाशतर्फ धकेलेको बताउनुभएको छ । आज भक्तपुरमा आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान पाँच दलीय गठबन्धनको सरकारलाई देशको माया र चिन्ता नभएकोले अहिले देश ओरालो र विनाशतर्फ धकेलिएको बताउनुभएको हो । अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकारले देशलाई आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको आरोप समेत लगाउनुभएको छ । उहाँले वर्तमान सरकार जनताप्रति अनुत्तरदायी हुनुका…