बिर्तामोड । सारेगमप लिटल च्याम्प सिजन १ को उपाधि झापा बिर्तामोडकी कृपा पौडेलले जितेकी छन् । बिर्तामोड २ रामचोक निवासी १४ वर्षीया पौडेल सारेगमपको पहिलो विजेता बनेकी हुन् । गायनमा उत्कृष्ट पौडेललाई आज राती सम्पन्न ग्राण्ड फिनालेबाट विजेता घोषणा गरिएको थियो । उनले सहभागीमध्ये सबैभन्दा धेरै भोट पाएको आधारमा विजेता घोषित गरिएको हो । उनले…