झापा - आजबाट झापामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीब्र रुपले फैलिएपछि बैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । यसअघि बैशाख १९ गतेबाट जारी गरिएको निषेधाज्ञामा सम्पूर्ण पसलहरु बिहान ११ सम्म खोल्न पाउनुका साथै निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोर प्रणालीका आधारमा संचालन गर्न दिइएको…