विर्तामोडमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन तयार

विर्तामोड । विर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गरी ५० शैयाको आइसोलेशन तयार पारेको छ । मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन तयार पारिएको नगरपालिकाले जनाएको छ । बढ्दो सङ्क्रमणका कारण आइसोलेशन तयार गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । उनले आवश्यकताका आधारमा बढाउदै लैजाने बताए । आइसोलेशनका लागि हाललाई २ जना स्वास्थ्यकर्मी…