बिर्तामोड । बिर्तामोडको कृषिथोक नजिकै रहेको बुधबारे बजारमा बनाइएका अस्थायी संरचना हटाउन बिर्तामोड नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाको मंसिर २८ गते सम्पन्न कार्यपालिका बैठकले अस्थायी रुपमा निर्माण गरिएका संरचना हटाई खाली गरिदिन निर्णय गरेको छ । १ महिनाभित्र सो क्षेत्रमा रहेका टहरा, फुटपात पसल र अस्थायी संरचना हटाउन नगरले आग्रह गरेको हो । कृषिथोक…